🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१५ दिनभित्र दुई पार्टी एकताले पूर्णता  पाउछ 

भक्तपुर, ११ फागुन (रासस) : नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताए । 

रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताए । 

उनले भने, “सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको छ, जनअपेक्षा र समयको मागअनुसार संविधान संशोधनसमेत गरेर अगाडि बढ्न सकिन्छ ।” 

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै उनले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष/प्रतिपक्ष नभएर वाम गठबन्धन र काँग्रेस एक ठाउँमा उभिनुपर्नेमा जोड दिए  । 

उनले विगतमा विदेशीले सरकारका हरेक निर्णय र नीति आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आएपनि अबको सरकार यस विषयमा गम्भीर हुने उनको भनाइ थियो । 
–––