🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठेउलेखोला जलविद्युत् आयोजनाको  परीक्षण उत्पादन सफल

बागलुङ, २६ माघ (रासस) :  जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । 

महिना दिनभित्रमा नियमित विद्युत् उत्पादन शुरु हुने आयोजना व्यवस्थापनले जनाएको छ । आयोजनाको सबै काम पूरा भएको इञ्जिनियर सूर्य अधिकारीले जानकारी दिए  । दुई वर्षअघि नै सक्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दीजस्ता कारणले पछि धकेलिएको हो । इन्धन अभावले महिनाँैसम्म आयोजना निर्माण कार्य ठप्प बनेको थियो । 

१.५ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य २०७० चैतबाट शुरु भएको थियो । रु ३३ करोडभन्दा बढीको लागतमा आयोजना बनेको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । निर्माणमा भएको ढिलाइले लागत १० प्रतिशतले बढेको इञ्जिनियर अधिकारीले बताए । 

शुरुमा आयोजनाको लागत अनुमान जम्मा रु २६ करोड ५० लाख थियो । “सिभिल र इलेक्ट्रो मेकानिकलतर्फको सबै काम सम्पन्न भएको छ”, इञ्जिनियर अधिकारीले भने,  “परीक्षण उत्पादन पनि सफल भएपछि नियमित विद्युत् उत्पादनको तयारी अघि बढेको छ ।” 

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई रु ९० लाखभन्दा बढी मुआब्जासमेत वितरण गरिसकेको छ । अतिप्रभावित एक घर र जग्गालाई मुआब्जा दिन बाँकी रहेको आयोजनाले जनाएको छ । 

स्थानीय बासिन्दा, प्रभावित र आयोजना व्यवस्थापन बसेर छिट्टै मुआब्जा टुंगो लगाई विद्युत् उत्पादनलाई नियमित गरिने इञ्जिनियर अधिकारीले बताए  । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणले वाड नंं १, कुश्मीसेरामा सवस्टेशन निर्माण गर्न लागेको छ । 

आयोजनाले प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ । आयोजना बनेपछि जैमिनी नगरपालिकासहित बागलुङ नगरपालिकाका केही वडाले प्रत्यक्ष लाभ लिने भएका छन् । 

वडा नं १ कुश्मीसेरा र वडा नं ४ सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई चार मिटर अग्लो बाँध बाँधेर दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत वडा नं ५ को बिनामारेमा रहेको विद्युत्गृहमा खसालिएको छ । आयोजनामा स्थानीयवासीको समेत १० प्रतिशत शेयर रहेको जनाइएको छ । 
–––