🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आगोले गुल्मीलाई सतायो, ५० भन्दा बढी घरगोठ उच्च जोखिममा

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो शुक्रबार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् ।

आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, सशस्त्रलगायत स्थानीयको सहयोग मागिरहेका छन् । आगो निभाउनका लागि यतिबेला नेपाली सेना, प्रहरी र स्थानीयवासीको ठूलो संख्यामा जमघट भएको छ ।

जंगल नजिकै रहेका खरबारीमा खर नकाटेको र अप्ठ्यारो भिर भएका कारण आगो नियन्त्रणमा लिन समस्या परेको स्थानीय अर्जुन अर्यालले बताएका छन् ।

आगो अहिले आँपचौरको थामडाँडामा पुगेको बताइएको छ । आगलागी भएको स्थानदेखि केही तल सिँगो गाउँ रहेका कारण आगो गाउँनजिकै पुग्ने खतरा देखिएको अर्यालले जानकारी दिए ।

गाउँमाथिबाट आगो तलतल सर्ने क्रम शुरु भएपछि स्थानीयबासी रातभर आगो निभाउने प्रयासमा लागेका थिए । आगलागी भएको वन क्षेत्र नजिकै रहेका ५० भन्दा बढी घरगोठ उच्च जोखिममा परेको बताइएको छ । रासस