🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय सभाका मतदातालाई भोजन र भ्रमण फ्री 

दाङ, २४ माघ (रासस) : राष्ट्रिय सभा चुनावअन्तर्गत प्रदेश नं ५ को चुनावका लागि दाङ आउने मतदातालाई दाङको घोराही उपमहानगरपालिकाले पर्यटकीय स्थलहरू भ्रमण गराउने भएको छ । 

प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरले घोराहीमा आउने सबै मतदातालाई अतिथिका रूपमा स्वागत गर्दै भोजनको व्यवस्था गर्ने र यस क्षेत्रका पर्यटकीय सम्पदाको अवलोकन गराउने निर्णय गरेको बताए  । 

उहाँले विभिन्न १२ जिल्लाबाट मतदानका लागि दाङ आएका सबैलाई अतिथिका रूपमा गर्न स्वागत गेट निर्माण गर्न लागिएको प्रमुख चौधरीले बताउनुभयो । त्यसपूर्व नगर क्षेत्रको सरसफाइ गरी मतदान स्थललाई व्यवस्थित बनाएको चौधरीले जानकारी दिनुभयो । ऐतिहासिक अवसरमा आउने मतदातालाई घोराही नगरले अतिथिका रूपमा स्वागत गर्न लागेको बताए । 

यसैबीच, आज हुने राष्ट्रियसभा चुनावका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन कार्यालय, दाङले जनाएको छ । पाँच नं प्रदेशका लागि घोराहीमा मतदान हुनेछ । आठजना राष्ट्रियसभा सदस्यका लागि भएको हुन लागेको निर्वाचनमा तीन महिला भने निर्विरोध निर्वाचित भइसकेका छन् । 

नेपाली काँग्रेसबाट महिला कोटाका लागि राष्ट्रियसभा सदस्यका उम्मेदवार अनिता देवकोटा, नेकपा (एमाले)का तर्फबाट महिला कोटाका दाङकी कोमल वली र रोल्पाकी मीना बुढा महिला कोटामा निर्विरोध भएका छन्  । माघ १० गते नेकपा एमालेका चार, नेपाली काँग्रेसका चार, नेकपा (माओवादी केन्द्र) का तर्फबाट दुई र राष्ट्रिय जनमोर्चाबाट एकजनाले मनोनयन दर्ता गराएका थिए । 

दाङ, बाँके, बर्दिया, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, परासी जिल्ला गरी १२ जिल्लाका तीन खुल्ला, तीन महिला, एक दलित र एक अल्पसङ्ख्यक, अपांग गरी आठजना निर्वाचीत हुने संवैधानिक व्यवस्था छ । 

आठजना उम्मेदवारका लागि प्रदेश नं ५ का ८७ जना प्रदेशसभा सदस्य, स्थानीय तहअन्तर्गत १२ जिल्ला समन्वय समितिका संयोजक तथा सहसंयोजक, प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत २१८ गरी ३०५ जना मतदाता रहेका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए  । 

प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देही माघ ३ गते तोके पनि सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो । 
–––