🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वमा हंगामा मच्चाइरहेको जेरुसेलम प्रकरण अमेरिकालाई ठूलो चोट

 \"\"अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले गरेका एकपछि अर्काे निर्णयहरु उग्रविवादमा तानिने क्रम जारी छ । त्यसैको पछिल्लो कडी हो इजरायलको राजधानी जेरुसेलम मान्ने इजरायलको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्णयलाई अनुमोदन । राष्ट्रपतिको चुनाव जित्ने चक्करमा ट्रम्पले अमेरिकामा बसोबास गर्ने प्रभुत्वशाली इजरायली इलीट क्लास र व्यापारिक घरानाहरुसँग इजरायलको राजधानी जेरुसेलमा मानिदिने बाचा गरेका थिए । स्मरण रहोस्, अमेरिकी संस्थापनमा यहुदी(ज्यूज)हरुको प्रभाव शक्तिशाली रहेको छ । अमेरिकी संसद मिडिया ‘बिग हाउस’ र कर्पाेरेट घरानामा इजरायलसँग जोडिएका ‘ज्यूज’हरुसँग साँठगाँठ गरेर जब ट्रम्पले चुनाव जिते, त्यसपछि अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामासँग चिडिएका इजरायली प्रधानमन्त्री राजधानी मानिएको तेलअभिभबाट आफ्नो राजदूतावास जेरुसेलममा सार्ने घोषणा ट्रम्प प्रशासनले ग¥यो । तेलअभिभबाट राजधानी जेरुसेलममा सार्ने अति विवादास्पद र खतरनाक निर्णयको कारण आज अमेरिका विश्वभरबाट आलोचित मात्रै भएको छैन नराम्ररी एक्लिन पुगेको छ । 

 जेरुसेलम यस्तो पवित्र ऐतिहासिक भूमि हो, जसलाई एकसाथ मुसलमान, यहुदी र क्रिश्चियनहरुले आफ्नो पवित्रभूमि मान्दछन् । क्रिश्चियनहरुले जेरुसेलमलाई जिसस क्राइस्टको कर्मभूमिसँग जोड्ने गर्छन् । इजरायलको स्थापना आफैंमा एउटा विवादास्पद परिघटना मानिन्छ । दोस्रो विश्वयुद्धमा यहुदीहरुलाई चिहानमा पु¥याउने कसम खाएको हिटलरलाई नराम्ररी धूलो चटाएपछि अमेरिका र पश्चिम यूरोपमा रहेका यहुदीहरु आफ्नो पवित्र भूमिको खोजी गर्दै मध्यपूर्व(Middle East) आइपुगे । उनीहरुको युद्धको सहारा लिएर अहिले प्यालेस्टाइनको मूलभूमि मानिएको क्षेत्र कब्जा गरेर सन् १९४८ मा इजरायलको स्थापना गरे । बाहुबल, धनबल र अमेरिकाको आडमा इजरायलले मध्यपूर्वमा दादागिरी कायम ग¥यो । 

 विश्वभरी यसविरुद्ध विरोधको लहर उठ्यो । तर, विस्तारवादी इजरायली झन आक्रमण हुँदै गयो । परिणामस्वरुप आज प्यालेस्टाइनसँग आफ्नो देशको नक्सा त छ तर भूमि(जमिन) छैन । उनीहरु दशकौंदेखि सग्लो देशको माग गर्दै लडिरहेका छन् । मध्यपूर्वयुद्धको रुपमा कुख्यात इजरायल–सिरिया–लेबनान–जोर्डन युद्धले विश्वमा इजरायल र पश्चिमाको छवि झनै धुमिल हुन पुग्यो । 

सन् १९६७ मा चलेको मध्यपूर्व युद्धमा इजरायलले गोलानहाईट र सिनाई कब्जा ग¥यो । हालसम्म पनि उसले जोर्डन नदीको पश्चिम किनारा वेस्ट बैंक । गाँजापट्टी र रमल्लाहमा बलात् यहुदी बस्ती विस्तार गरिरहेको छ । इजरायल प्यालेस्टाइन युद्धमा हालसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।

प्यालेस्टाइन मुक्ति संगठन(PLO) स्थापना गरेर संघर्षमा होमिएका यासेर अराफातले सन् १९९० को दशकमा राष्ट्रपति सिमोन पेरेज र इत्ज्याक रबिनसँगै नोबेले पुरस्कार पनि पाए । प्यालेस्टाइनप्रति सफ्ट कर्नर राख्ने इजरायली तत्कालीन प्रधानमन्त्री गोली हानी हत्या गरियो । इजरायलको प्रथम(संस्थापक) राष्ट्रपति हुन इन्कार गरेका प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मानवतावादी चिन्तनको धज्जी उडाउँदै एरियल स्यारोन, यहुद बाराक, यहुद अल्मोटजस्ता इजरायली शासकवर्गले त्यहाँ कठोर शासन गरेका थिए । 

भाषणमा माहिर वर्तमान प्रधानमन्त्री नेतान्याहुको प्रभुत्ववादी रवैयाविरुद्ध मध्यपूर्वमा विद्रोहीहरुले आगो ओकलिरहेका छन् । यद्यपि इजरायलको राष्ट्रवाद र औद्योगिक विकास, निर्माण र कृषि क्षेत्रमा चमत्कारको विश्वभरी प्रशंसा हुने गरेको छ । 

प्यालेस्टाइनभित्रको स्वशासित भूभाग गाजामा केही समय अगाडि अमेरिकाले आतंककारी मानेको हमास विद्रोहीले प्रचण्ड बुहमतको सरकार बनाएको थियो । प्यालेस्टाइनमा फताह समूह समेत क्रियाशील छ । हमाशका प्रभावशाली नेता स्माइल हनियाले जेरुसेलम प्रकरणविरुद्ध कडा संघर्षको चेतावनी दिइसके । प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासको प्रतिक्रिया झन् कडा छ–उनको जिकीर छ– ‘‘जेरुसेलम इजरायल हैन, प्यालेस्टाइनको राजधानी हो ।’’ त्यसैगरी मध्यपूर्वमा कट्टर पश्चिमा विरोधी लेबनान समर्थित हेजबुल्लाह छापामार समूहका नेता हसन नसरुल्लाहले इजरायलमाथि चोर औंला ठडाइसकेका छन् । 

  मध्यपूर्वमा इजरायलको प्रखर विरोधी मानिएको इरानको पूर्व राष्ट्रपति मोहम्मद अहमदिनेजाद, वर्तमान राष्ट्रपति हसन रुहानी, सर्वाेच्च धार्मिक नेता आयतुल्लाह अलि खुमेनीले मध्यपूर्वको यहुदी राज्य इजरायलले धेरै चुरीफुरी गरे उसको अस्तित्व विनाश हुने धम्कीपूर्ण भनाई सार्वजनिक गरिसकेका छन् । सिया, सुन्नी सबै खाले मुस्लिमहरु जेरुसेलम प्रकरण प्यालेस्टाइनको साथ उत्रिएका छन् । अहिले इजरायल र प्यालेस्टानइनमा हिंसा भड्किएर दर्जनौंले ज्यान गुमाइसकेका छन् ।

 
 मध्यपूर्वमा अमेरिकाको सदाबहार दर्जनौंले ज्याने गुमाइसकेका छन् । मध्यपूर्वमा अमेरिकाको सदाबहार मित्र साउदी अरब समेत यो प्रकरणमा ट्रम्पविरुद्ध उभिएको छ । टर्कीका राष्ट्र टेरेप तैयद यर्दाेगान, सिरियाका राष्ट्रपति बसर अल असद मात्र हैन, हरेक मुद्दाहरुमा अमेरिकाको साथमा उभिने अमेरिकी परम्परागत मित्र राष्ट्र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र बेलायती प्रधानमन्त्री थेरेसा मे ले समेत जेरुसेलम प्रकरणमा ट्रम्पको झाँको झार्दैै तेलअभिभलाई नै राजधानी मान्नुपर्ने पक्षमा वक्तव्य जारी गरिसकेका छन् । 

 यो प्रकरणमा अमेरिकी राष्ट्रपति ट्रम्प विश्वबाटै एक्लिएका छन् । विश्व महाशक्तिको रुपमा प्रभाव जमाउँदै गएका चीन र रुस त स्पष्टरुपमा ट्रम्पको विपक्षमा उभिएका छन् । 

  संयुक्त राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद्मा भिटो पावरयुक्त स्थायी राष्ट्रहरु अमेरिका, रुस, चीन बेलायत र फ्रान्स तथा अन्य अस्थायी राष्ट्रहरुबीच जेरुसेलम प्रकरणमा छलफल हुँदा अमेरिकाले भिटो प्रयोग ग¥यो । तर, अहिले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकी निर्णयविरुद्ध पेश गरिएको प्रस्तावलाई भोटिङका लागि प्रस्तुत गर्दा १२८ राष्ट्रले समर्थन जनाएका थिए । त्यसैगरी अमेरिका सहित ९ राष्ट्रले जेरुसेलम प्रकरणको पक्षमा उभिएका थिए ।

त्यस्तै केही युरोपली मुलुक लगायत ३५ राष्ट्र भने यस प्रकरणमा सहभागिता नै जनाएनन् । १९३ सदस्यीय संयुक्त राष्ट्र संघीय महासभामा प्रस्तुत गरिएकोमा सो प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको ढिपीले शक्तिशाली अमेरिकालाई यो दशकमा सबैभन्दा ठूलो चोट पुग्न गएको छ ।  

अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री रेक्स टेलरसनले जेरुसेलम प्रकरणमा अमेरिकी स्वार्थको खिलापमा मतदान गर्ने राष्ट्रलाई आर्थिक, भौतिक सहयोग नगर्ने धम्कीले पनि कुनै काम गरेन, बरु त्यसको उल्टो असर पर्न गयो । 

 रुसी विदेशीमन्त्री सेर्गेई लाभारोभले राष्ट्रपति भ्लादिमिर पुटिनको विशेषदूतको रुपमा यो प्रकरणमा अमेरिकी स्वार्थविरुद्ध उभिन चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीसँग विशेष कुराकानी गरेका थिए । २०७४ पुस ७ गते बिहीबार महासभामा हुने मतदानमा भारी बहुमतका साथ इजरायलको राजधानी जेरुसेलमलाई मान्ने अमेरिकी निर्णय असफल भएको छ । 

 व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा उत्रिएका लहडी र एकलकाँटे अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय पराजित भएपछि उनी थप संकटतर्फ धकेलिएका छन् र अब विश्वमा अमेरिकी प्रभाव घट्दै जाने निश्चित छ । यसैबीच चीन र रुसद्वारा अगाडि सारिएको समाजवादी अर्थ–राजनीतिमा आधारित नयाँ विश्व व्यवस्था(New Global Order) तर्फ विश्वजनमत आकर्षित हुँदै गएको छ । केही समय अगाडि बिल क्लिन्टनका आर्थिक सल्लाहकार नोबेल पुरस्कार विजेता जोसेफ स्टिगलिजले गरेको एउटा भविष्यवाणी यहाँ सान्दर्भिक मान्न सकिन्छ । स्टिगलिजको कथन थियो–‘सन् २०२० पछि एक ध्रुवीयबाट बहुधु्रवीय हुँदै गएको विश्व शक्ति सन्तुलनमा चीन विश्वकै एक नम्बर महाशक्तिको रुपमा उदाउने सम्भावना छ ।’

अमेरिकालगायत पश्चिमा जगत आज विश्वमा अलोकप्रिय हुँदै जानु र चीनको आर्थिक सामरिक प्रभाव विश्वभरी बढ्दै जानुले  स्टिगलिजको भनाईलाई पुष्टि गर्दै लगेको छ । ट्रम्पको लागि खतरा के पनि उत्पन्न भएको छ भने आज हरेक वैश्विक मुद्दामा चिनियाँ राष्ट्रपति सी जीन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटै कित्तामा उभिरहेका हुन्छन् ।