🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भाग्यमानी एसपीको बजेटमा मस्ती

 राष्ट्रिय अनुसन्धान विभाग भर्ना भएर पछि जस्केलाबाट नेपाल प्रहरीमा छिरेका अधिकृतमध्येमा सबैभन्दा बढी भाग्यमानी हुन्, सिद्धिविक्रम शाह । निवर्तमान गृहमन्त्री जनार्दन शर्माका सुरक्षा सल्लाहकार सुरेन्द्रबहादुर शाहको सानीमाको छोरा भएका कारण एक नम्बरमा एसपी बढुवा भएका सिद्धिविक्रमले जहिले  पनि प्रहरीमा कमाउ ठाउँमा मात्र सरुवा हुने मौका पाएका छन् । सुरेन्द्रबहादुर शाहकै कृपाले उनले प्रहरीको प्रबन्धपछिको आकर्षक मानिएको बजेटको प्रमुृख हुन पाएका छन् । जाजरकोटे कांग्रेसका नेता गोपालजीजंग शाहहरूको जोडबलमा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले उनीहरूलाई प्रहरीमा ल्याएका थिए । शारीरिक तन्दुरुस्तीदेखि लिखित परीक्षा सबै ढोका पार गरेर आएकाहरूलाई निराश पार्दै गुप्तचरबाट सोझै छिरेका शाहहरूका कारण नेपाल प्रहरीमा धेरै अधिकृत निराश भएका थिए । राष्ट्रिय अनुसन्धान विभागबाट आएकामध्ये सबैभन्दा सुविधाजनक र आकर्षक ठाउँ पाउने र अकूत सम्पत्ति कमाउनेमा एसपी शाह पर्दछन् ।

सिद्धिविक्रम शाह रमेश चन्द ठकुरी आइजीपी हुँदा प्रहरीको सबैभन्दा आकर्षक प्रबन्धमा बसेर कुस्त कमाउन भ्याए । रमेश चन्दका दैलेख घर भएका कान्छा ज्वाईलाई प्रयोग गरी उनी प्रबन्धमा सरुवा भएका थिए । शाहको घर पनि दैलेख हो । प्रबन्धपछि नुवाकोटको डीएसपीका रुपमा उनले क्रसरवालाहरूबाट २ करोड रुपैयाँ नै आर्जन गरेका थिए । प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, एसपी शाह र एलडीओ …. रिजालले अवैध रुपमा संचालित क्रसर उद्योगबाट फाइदा लिएका थिए । रसुवाबाट भन्सारछलीका सामान ल्याउने कारोबारी र अवैध सुन ओसारपसारबाट पनि एसपी शाहले कुस्त असुली गरेका थिए । नुवाकोटबाट फर्किएपछि काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख विक्रमसिंह थापाले मुद्दाफाँटको प्रमुख बनाउन खोजेका थिए । तर तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालका पीए भूपेन्द्र खत्रीले रविन्द्र रेग्मीलाई मुद्दाको प्रमुख बनाउनु भनेपछि शाहलाई ठाडो उजुरीमा राखिएको थियो । विक्रमसिंहले पैसा उठाउन सिपालु भएकाले नुवाकोटबाट मुद्दामा राख्नकै लागि ल्याएका थिए । अर्याल आइजीपीबाट हटेपछि छविलाल बन्जाडेले शाहलाई मुद्दामा राखेका थिए । छवि जोशी र शाहको जोडीले छोटो समयमै केसबाट असुल्नुसम्म असुली गरेका थिए । यस्ता बदनाम एसपीलाई नाता पर्ने भएका कारण एक नम्बरमा बढुवामात्र गरेनन्, त्यसपछि प्रहरी मुख्यालयको प्रबन्धपछिको आकर्षक मानिने बजेटमा ल्याए । 

–नेपाल प्रहरीका पूर्व अधिकृतहरू, काठमाडौं ।