🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाकिस्तानसँग हारबाट जोगियो बंगलादेश

काठमाडौं । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा पाकिस्तानसँग हारबाट जोगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले पाकिस्तानसँग १–१ बराबरी खेलेको हो।

दशरथ रंगशालामा सम्पन्न खेलको २१ औं मिनेटमा बंगलादेशकी ऋतु चक्माले बायाँ विंगबाट दिएको क्रसमा ६ यार्ड बक्सभित्र उनकै टोलीका ३ खेलाडीले बल छुन नसक्दा गोलको अवसर टर्यो । २४ औं मिनेटमा पाकिस्तानको गोल गर्ने अवसरमा गोलरक्षक रुपना चक्मा बाधक बनिन् । सुहा हिरानीले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारलाई रुपनाले मुस्किलले बाहिर पठाएकी थिइन् ।

३२ औं मिनेटमा पाकिस्तानले जाहमेना मालिकको गोलमा अग्रता लियो । रमीन फरिदले मिडफिल्डबाट दिएको लामो पासमा शिउली अजिमको ब्याकपास फितलो रहँदा जाहमेना पहिलो टचमै रुपना चक्मालाई बिट गर्दै गोल गरिन् ।

४२ औं मिनेटमा बंगलादेशकी ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफ बिट भएपनि क्रसबार बाधक बन्द बंगलादेश बराबरी गर्नबाट बन्चित भयो । दोस्रो हाफमा पनि बंगलादेशले लगातार आक्रमण गर्यो तर गोल फर्काउन संघर्ष जारी रह्यो । तर ७७ औं मिनेटमा पाकिस्तानले अग्रता दोब्बर पार्ने अवसर भने गुमायो । जाहमेनाको पासमा अफसाइड ट्रयाप बिट भएको अवस्थामा अमिना हनिफले वन भर्सेस वनमा गोल गर्न सकिनन् । गोलरक्षक रुपना चक्माले अघि बढेर उनलाई दोस्रो टच लिन दिइनन् ।

योसँगै समूह ए मा रहेको पाकिस्तानले पहिलो अंक जोडेको छ। पहिलो खेलमा भारतसँग पाकिस्तान ५–२ ले पराजित भएको थियो। बंगलादेशको भने पहिलो खेल हो। शीर्ष स्थानमा रहेको भारत एक खेलअगावै सेमिफाइनलमा पुगेको छ। यद्यपि, पाकिस्तानको भने सेमिफाइनलमा पुग्ने सम्भावना जीवित्तै छ। यो समूहको अन्तिम खेलमा बंगलादेशले भारतको सामना गर्नेछ ।