• शनिबार-असोज-१९-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

मुलुकमा राजस्व ढिकुटीबाट हसुर्ने 
सबको दोहोलो काढिएको छ ।
सबका सबको आन्द्रँ भुँडी बाहिरिएको छ ।
कोही पनि संगत र सद्य देखिएका छैनन् ।
र, सायद त्यसैले,
ती निषेध गमलङ्ग ओढेर समाधान खोज्छन् ।
सबलाई मालुम छ,
कोई पनि आप्mनो क्षमतामा छैनन् । 
र, कोही पनि आप्mनो हैसियतका पनि होइनन् ।
सबका सब राजकीय सुविधा र सहुलियतमा हैकमियत जनाउँछन् ।
त्यसैले ती बकम्फुसे निर्देशन दिन्छन, मिति नाघेको सुझाव ।
किनकि तिनलाई पनि थाहा छ
तिनको निर्देशनको कुनै स्वामित्व पनि छैन, न त जवावदेहिता नै ।
त्यसैले ती अह्राउँछन, रोक्छन् । 
मानौ रोक्न आदेश दिनु तिनको राजकीय शक्ति हो ।
तिनको जैविक शक्ति ।
मौसमविद् भन्छन्, राति बस नचलाउनु ।
उसले मौसम विज्ञानमा वायुको चाप कम, 
सडकको भूगर्भ ज्यादा पढेको छ । 
सडक विभाग भन्छ, वैकलिपक रुट प्रयोग गर्नु ।
किनकि सारा सडकको बनौटमा विटुमिन गन्हाउँछ ।
नागरिक उड्डयन भन्छ, चङ्गा नउडाउनु ।
हवाईजहाज उडानको विज्ञान 
चङ्गासित मिल्छ, त्यसकारण होइन ।
चङ्गा उडानको उचाई र गति 
नेपालका विमान चालकको मनोदशासित मिल्छ ।
प्रहरी भन्छ, ड्रोन नउडाई चोर पक्रिनै सकिन्न ।
कसैका श्रीमतीका नाठाहरु ड्रोन सेन्सरमा आउन्नन् ।
पि एम ओ भन्छ, विदेशमा प्रमको विरोध नगर्नु ।
एमाले भन्छ, सामाजिक सञ्जाल माफियाको भो, 
 विश्वास नगर्नु । 
काँग्रेस मुर्दावाद डिप फेकमा पनि सुन्न चाहँदैनन्
माओवादी चिसो र भिजेको ठाउँ मन पराउँदैनन् ।
बिरालोको बास अँगेनाको राप मात्र मन पराउँछन् ।
रास्वपा बाढीको बगेको मुढा हो ।
हुक लाएर समाउने हो, बाल्दा काम लाग्छ ।
मुलुकमा सबका सब चाहँदैनन, मात्रै ।
सबको जैविक र सनातनि ताकत 
फोहोर फाल्ने ढ्वाँगमा थुप्रिएको छ ।
संसदीय समिति कार्यवाहीको निर्देशन जारी गर्दछ ।
किनकि तिनलाई मालुम छ, 
बाको गर्दनमा चिलाउने गरि दाद निस्किएको छैन ।
किनकि अँग्रेजी भाषामा दुबैथरिको ज्यादा दख्खल छ ।
सांसद सूर्य थापाको पनि, स्वर्णिम वाग्लेको पनि ।
एउटा ठहर भन्छ, अर्को त्यसको अँग्रेजी उल्थामा क्लिन चिट ।
गर्दन दुबैको चिलाएकै हो ।
डाँफे अंग्रेजीमा डाँफे हुन नसक्ने कुनै कारण छैन  ।
गैंडालाई अंग्रेजीमा गैंडा भन्न नसक्ने कुनै घाट चाहिने पनि होइन
न त कुनै पासो नै ।
गैंडा सिकारी र पि एम ओ सिकारी उस्तै छन ।
सहकारी लुटेराहरु जति घण्टी बजाएर आरतिमा छन ।
तिनलाई मनरो डक्ट्रिन बारे राम्रो ज्ञान छ ।
बङ्गालको खाडीबाट न्युन चापीय वायु मात्र होइन
अर्थोक पनि ल्याउन सकिन्छ ।
कसैलाई पनि चाहिएको नै होइन, संविधान संशोधन ।
जस जसलाई चाहिएको हो, तिनलाई
 प्रत्यक्ष राष्ट्रपति चुनाव चाहिएको हो ।
किनकि त्यै चुनावमा भारु पनि भित्रिन्छ, डलर पनि ।
कोही पनि संविधानको विस्थापन पनि चाहँदैनन् ।
किनकि तिनले चाहने मुकुट पनि 
तिनका ख्वामितले पहिला नै फालेका हुन् ।
यो मुलुकमा जो क्यै चाहन्छन्, ती सब सीमान्तकृत छन ।
ती पानीमा रुझेका छन, बाढीमा बगेर ज्यान गुमाएका छन ।
मुलुकमा राजस्व ढिकुटीबँट हसुर्नेहरु बाहेक
सबका सब यो मुलुकका विजातीय हुन, द्रोही हुन ।
राष्ट्रद्रोही ।
तिनलाई संविधानको भाग १ अन्तर्गतका प्रावधानविरुद्ध
काम गरेको अभियोजन आकर्षित हुनु जरुरी छ । (साँघु साप्ताहिक, २०८१ असोज १५–२१)

 

प्रतिकृया दिनुहोस