🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गणेश रसिकलाई ३० वटा संस्थाबाट सामूहिक अभिनन्दन

काठमाडौँ, १४ असोज : साहित्यकार, कवि तथा गायक गणेश रसिकलाई आज काठमाडौँमा एक समारोहका बीच अभिनन्दन गरिएको छ । भोजपुर जिल्लासँग जोडिएका ३० भन्दा बढी सङ्घसंस्थाले उहाँलाई अभिनन्दन गरेको हो । 

क्रमममा उहाँको योगदानका विषयमा साहित्यकारले लेखेका लेखहरूलाई समेटेर तयार पारिएको ‘गणेश रसिक : अभ्यार्थना ग्रन्थ’ को विमोचन गरिएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई अभिनन्दन गर्नुका साथै उक्त ग्रन्थको विमोचन गर्नुभएको थियो । 

भोजपुरे सेवा समाज काठमाडौँको आयोजना तथा एम्बिसन एकाडेमी काठमाडौँको सहआयोजनामा भएको उक्त समारोहमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले रसिकको साहित्यक र साङ्गीतिकसहति सामाजिक पक्ष समाजका लागि महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो । 

जनबोली र प्रकृतिका सुसेलीलाई टिपेर उहाँले सचना गर्नुभएको र सङ्गीत दिनुभएका गीतहरू देशको धड्कनका रूपमा प्रतिविम्बित भएको बताउनुभयो । राष्ट्र, राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित उहाँका सिर्जना रैथाने स्वादका र कालजयी रहेको पनि पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो । 

“उहाँ राष्ट्रका मानव सम्पदा पनि हुनुहुन्छ”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “देश र समाजलाई उहाँले दिनुभएको योगदानका बारेमा लेखकले लेखेका लेख समावेश गरी ग्रन्थ प्रकाशन गर्नु खुसीको कुरा हो, यसले उहाँका जीवनका आरोहअवरोधका साथै समाज र राष्ट्रलाई दिनुभएको योगदान आमपाठक माझ पुर्‍याउने छ ।”

साहित्यकार गणेश रसिकले यो सम्मान तथा अभियन्दनका लागि आफू लायक छु या छैन थाहा नभएको तर यसरी अभिनन्दन गर्दा सबैप्रति आभारी रहेको प्रतिक्रिया दिनुभयो । आफू बिरामी भएर थला परेको जानकारी दिँदै उहाँले अहिले पनि उपचार जारी रहेको बताउनुभयो । उहाँलाई प्रोष्टेटको क्यान्सर भएको र अहिले उपचार जारी रहेको छ ।

अभिनन्दन समारोहमा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले साहित्यकार रसिकले समाज र राष्ट्रलाई सङ्गीत दिएर, कृति लेखेर महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । उहाँले साहित्यकार रसिकले गीतसङ्गीत मात्रै नभएर कुशल प्रशासक र समाजसेवीका रूपमा आफूलाई उभ्याएको बताउनुभयो । 

पूर्वअर्थमन्त्री एवं साहित्यकार शङ्कर कोइराला र सङ्गीतकार बुलु मुकारुङले साहित्यिक तथा साङ्गीतिक क्षेत्रमा रसिकले पुर्‍याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । उक्त ग्रन्थको सम्पादन साहित्यकार सुदर्शन श्रेष्ठ र शशी लुमुम्बुले गर्नुभएको हो ।
–––