🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकमा एकै घरका तीन जनाको मृ त्यु

काठमाडौँ, १३ असोज । घरमाथि पहिरो खस्दा सिन्धुपाल्चोकका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएका लिसङ्खुपाखर गाउँपालिका ३, गुरुङमाराङ टोलकी २६ वर्षीय तृसना मोक्तानसहित दुई नाबालक छोराछोरीको मृत्यु भएको हो । 

मिति २०८१ असोज १२ गते बिहान छोराछोरीसँग घरभित्र बसिरहेको बेला घरमाथिको सडकको डिल भत्किएर मोक्तानको घर पुरेको थियो ।

उद्धार टोली नआएपछि स्थानीयहरुको सहयोगमा हिजो बेलुकासम्म खोज्दा छोराको शव फेला पारेको थियो । आज बिहान आमा र छोरीको शव भेटिएको स्थानीय उत्तर बहादुर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार घटना लगत्तै प्रहरी र जनप्रतिनिधिलाई फोन गरेर जानकारी गराए पनि अहिलेसम्म कोही आइपुगेका छैनन् । स्थानीयको सहयोगमा आज बिहानसम्म आमा र छोराछोरीको शव निकालिएको हो ।

मृतक तृसना चौरीदेउराली गाउँपालिका-१ को रहेको श्री तार लामो विद्यालयको प्रा.वि शिक्षिका थिइन् ।