🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सीईओका कारण नबिलको ओरालो यात्रा

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा पहिलो निजी बैंककारुपमा खुलेको र वर्षौंसम्म एकछत्र राज गरेको नबिल बैंक बिस्तारै ओरालो यात्रामा निस्केको छ । खासगरी बजारका सबैभन्दा महङ्गा प्रमुख कार्यकारी अधिकृत (सीईओ)कारुपमा नाम कमाएका अनिलकेशरी शाह बैंकको नेतृत्वमा आएसंगै बैंक बिस्तारै ओरालो यात्रामा निस्केको हो । नबिलको पछिल्लो वर्ष नाफा मात्रै घटेको छैन, उसले निक्षेप संकलन र कर्जा लगानीमासमेत गम्भीर संकट भोग्न थालेको कर्मचारी स्रँेत बताउछ । 

बैंकको २५ वर्षे इतिहासमा नबिलले नयाँ बैंकको मात्रै होइन विकास बैंकलाईसमेत उछिन्दै नयाँ नयाँ ब्याजदरको स्किम सार्वजनिक गरेपनि बैंकप्रति निक्षेपकर्ताको खासै चासो देखिएको छैन । साना बैंकहरूले १३ प्रतिशत व्याज आव्हान गरे झैं नबिलजस्तो स्थापित बैंकले पनि १३ प्रतिशत नै ब्याजदर कायम राखेर निक्षेप संकलन आव्हान गर्नुले नबिलको असली हैसियत देखिएको छ ।

खासगरी नबिलमा गत वर्षको पुसमा शाहको बेइज्जतिपूर्ण रि–इन्ट्री भएपछि त्यहाँ कामगर्ने कर्मचारीहरू पनि उनीदेखि असन्तुष्ट देखिंदै आएका छन् । त्यसैको फलस्वरुप त्यहाँको कर्मचारी युनियन पनि असन्तुष्ट देखिएको छ । बिगतमा सीईओको भूमिका निभाईसकेका शाहले नबिलमा डेपुटी सीईओको रुपमा आएपछि बैंकि¨ क्षेत्रमा उनलाई नैतिकताहीन व्यक्तिकारुपमा चित्रण गर्न थालिएको छ । उनी बैंकमा छिरेपछि पुराना कर्मचारीहरूलाई पेल्ने र आफूभने मोजमस्तीमा लिप्त भएपछि कर्मचारीहरूमा आक्रोश बढ्दै गएको हो ।

पुरानो बैंक भएपनि बैंकलाई व्यवस्थित र सम्मानजनक हिसाबले अघि बढाउन नसकेको आरोप लाग्न थालिसकेको छ । त्यसबाट सञ्चालक समितिसमेत असन्तुष्ट देखिन थालिसकेको छ । खासगरी नाम चलेको भनेर ल्याइएको सीईओको काम कारबाही सन्तोषजनक नभएपछि सञ्चालक समिति विकल्प खोज्ने तयारीमा रहेको बताइन्छ ।

गत आर्थिक वर्षको नाफा लज्जास्पद रहँदा यसपटक उसको लाभांशदर समेत अन्य बैंकको तुलनामा न्यून भएपछि लगानीकर्ताहरू आक्रोशित भएका हुन् । नबिलले गत वर्षको नाफाबाट ३४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । तर, नेपाल इन्भष्टमेण्ट बैंकले ४० प्रतिशत लाभांश दिएपछि नबिलको सञ्चालक समिति अनिल शाहलाई बैंक भित्र्याएकोमा खिन्न देखिएको एकजना बोर्ड सदस्यले बताए ।

त्यसो त नयँँ बैंकका रुपमा अघि बढ्दै गरेको अन्य कतिपय बैंकलेसमेत ३० प्रतिशत लाभांश घोषणा गरेपछि सञ्चालक समितिले सबैभन्दा बढी तलब सुविधा दिएर सेलीब्रेटी सीईओ ल्याएर के उपलब्धि हासिल भयो ? भनेर टाउको समाउने गरेका छन् । खासगरी आगामी साधारणसभामा लगानीकर्ताहरूको प्रश्नको सामना कसरी गर्ने भनेर सञ्चालक समिति चिन्तित देखिएको स्रँेत बताउछ ।

उता, राष्ट्र बैंकमा पनि शाहको प्रस्तुतिलाई लिएर अन्य बैंकर तथा गभर्नरसहित उच्च पदस्थ अधिकारीहरू रिसाएका छन् । गभर्नर डा.चिरञ्जीवी नेपालले किन ब्याज बढाएको भनेर सोद्धा अरुले घटाए आफूले पनि घटाउने अभिव्यक्ति शाहले दिएपछि केन्द्रीय बैंकरहरू उनीदेखि आगो भएका छन् ।

नयाँ बैंकले सामान्यरुपमा बढी ब्याज दिएपनि पुराना र ठूला कहलिएका बैंकले ब्याज बढाउन नहुनेमा जोड दिंदै आएको राष्ट्र बैंकलाई एकाएक साना बैंकभन्दा एक कदम अघि बढेर ब्याजदर उच्च बनाएपछि शाहसंग केन्द्रीय बैंक रुष्ट छ ।

त्यसैपनि यसअघि आफ्नो निर्देशनलाई लोप्पा ख्वाएको झोंकमा छ केन्द्रीय बैंक । सीईओका लागि कुलिङ पिरियड राखेपछि शाह डेपुटी सीईओमा गएको भन्दै उनीसंग नेपाल राष्ट्र बैंकका अधिकांश अधिकारीहरू रुष्ट रहेको केन्द्रीय बैंक स्रँेत बताउछ ।

उता, शाहले देखाउने ब्याजदर एउटा र भित्रभित्रै अर्कै ब्याजदर दिने गरेको भेद खुलेपछि अन्य बैंकरहरू पनि उनीसंग रुष्ट   रहेको बताइन्छ । विगतमा पनि शाहले यस्ता अभ्यास गरेको भन्दै चर्को आलोचना हुने गरेको थियो । बिगतमा मेगा बैंकमा रहँदा पनि उनले नेपाल बैंकर्स संघले गरेको भद्र सहमतिलाई तोड्ने गरेको आरोप बैंकरहरूले लगाउँदै आएका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनलका तत्कालीन सीईओ राजनसिंह भण्डारी बैंकर्स संघको अध्यक्ष भएका बेला पहिलो पटक ब्याजदरमा १२ प्रतिशतभन्दा बढी नदिने भद्र सहमति गरेपनि शाहले सो सहमति तोडेका थिए ।

त्यतिबेलैदेखि शाहलाई बैंकरहरूले अवसरवादीको संज्ञा दिने गरेका छन् । आफूलाई फाइदा हुने देखिएमा जे पनि निर्णय गर्ने र पैसाको बलमा आफूलाई टिकाउन सफल रहेका शाहको नबिल बैंक नै अन्तिम हुने बताइएको छ ।  (साँघु साप्ताहिक पुस ९)