🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सङ्गठन सुदृढिकरणका लागि कार्यदल गठन गर्नु पर्ने प्रचण्डको प्रस्ताव

काठमाडौँ, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राखेका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिएका छन । 

गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष दाहालले उक्त बैठकमा भएको बहसले आपसमा एकताबद्ध भई राष्ट्रिय अभिभारा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको नेता बेदुराम भुसालले जानकारी दिनुभयो । 

 

अध्यक्ष दाहालले सङ्गठन सुदृढिकरणका लागि एउटा कार्यदल गठन गरी अघि बढ्न सकिने विचार व्यक्त गरे । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् ।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिउत्तर दिने कार्यक्रम तय भएको छ । ती राजनीतिक प्रतिवेदन आवश्यकताअनुसार परिमार्जन गरी सर्वसम्मत पारित गरिने छ । 

बैठकले जनकनन्दनी गाउँपालिका–४ धनुषा निवासी पार्टीका नेता योगेन्द्र शाहप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । बैठक यही पुस १२ गते अपरान्ह ३ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी आज स्थगित भएको छ । रासस