🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्ड उपसभामुख रानालाई रणनीतिक टुल्सको रुपमा प्रयोग गर्दै…!?

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपसभामुख  इन्दिरा रानाको विषयमा मौन  बस्ने नीति लिएको छ ।

पदीय दुरुपयोग गरेर अमेरिका पठाउन  केही व्यक्तिलाई पत्र  लेखेपछि विवादमा तानिएकी रानालाई कांग्रेस एमाले कारबाही गर्ने मुडमा देखिएका छन् ।  रानालाई उक्त पदबाट हटाउने खेलमा सक्रिय भएका कारण माओवादी त्यही  खेललाई रणनीतिमा बदल्ने प्रयासमा देखिएको छ ।

(याे लिंक पनि पढाैं)

 

उपसभामुख इन्दिरा रानालाई हटाउने विषय, देउवाकाे दाँतमा ढुंगा !!

  रानाको पक्षमा उभिएर माओवादीले सत्ता गठबन्धनको भोलिको सत्ता खेलमा रास्वपालाई साथ लिने रणनीति लिएको देखिन्छ ।

त्यसका साथै प्रचण्डले सत्ता गठबन्धनलाई बार्गेनिङ गर्ने खेल  बनाइरहेका छन् ।  संवैधानिक निकायमा नियुक्ति तथा अन्य राजनीतिक नियुक्तिमा भाग खोज्नका लागि रानाको पक्षमा उभिन खोजेको सन्देश दिने प्रयास गरेका छन् ।

   त्यसैले, माओवादी नेताहरुले रानाका पक्षमा खुलेर बोलिरहेका छन् तर प्रचण्ड भने संवैधानिक परिषद्को बैठकमा सहभागी भएर संवैधानिक नियुक्तिका लागि छलफल गर्न गइरहेका छन् । यस कारण,  प्रचण्डले रानालाई रणनीतिक टुल्सको रुपमा प्रयोग गर्ने संभावना रहेको पनि विश्लेषण भइरहेको छ ।

संवैधानिक परिषद्का बैठक बस्दैछ । आज २०८१ भदाै २८ गते शुक्रवार बस्ने बैठकले आजै भावी प्रधान न्यायाधीश सिफारिश गर्ने संभावना छ ।