🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छाती पोल्ने समस्यामा के गर्ने ? 

मसालेदार भोजनले छाती पोल्ने समस्या हुनसक्छ । छातीमा जलन हुनुका अनेक कारणहरु पनि हुन सक्छन् । पेटमा ग्यास भरिने र अन्य पेटसँग सम्बन्धित समस्याका कारण छाती पोल्ने हुन सक्छ । यस्तो अवस्थामा यस्ता केही उपाय अपनाएर राहत प्राप्त गर्न सकिन्छ । पोषणविद्का अनुसार छातीको जलन कम गर्न केरा, सौंफ तथा अदुवाको सेवन गर्न सकिन्छ । यसमा हुने पोषकतत्वले यस्तो समस्यामा राहत दिनसक्छ । 

– केरामा नेचुरल एन्टासिड हुने गर्दछ, जसले छातीको जलन बाहेक पेटको दुखाई र अपचजस्तो समस्यामा पनि राहत प्रदान गर्दछ । 

– सौंफले पनि छातीको जलन कम गर्न मद्दत गर्दछ । यसले पाचन प्रणाली राम्रो बनाउँछ । 

– अदुवामा एन्टीब्याक्टेरियल, एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लामेटरी गुण हुने गर्दछ, जसले छातीको जलन कम गर्न मद्दत गर्दछ । 

– एलोभेरा जुसको सेवनले पेटको एसिडिटी कम हुन्छ, जसले पेट र छाती पोल्ने समस्याबाट राहत दिन्छ । 

– चिसो दुधमा मह मिसाएर खान सकिन्छ । यसले पेटलाई शान्त गर्न मद्दत गर्दछ । 

  तर, गम्भीर रोग या समस्या देखिएको वा महसुस भएको खण्डमा तत्काल चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १७)