🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ब्रश गर्दा यी कुराहरुलाई ध्यान दिनैपर्छ-

काठमाडौं, ८ माघ : दिनको सुरुवातमा हाम्रो सबैभन्दा पहिलो काम भनेको दाँत ब्रश गर्नु हो । सबैलाई चाहा हुन्छ कि आफ्नो दाँत सफा र स्वस्थ होस् ।

हरेक दिन दाँत ब्रश गर्दा पनि धेरै मानिसहरुको दाँत स्वस्थ हुँदैन । धेरै मानिसहरु यस्ता छन्, जसलाई दाँत ब्रश गर्ने तरिका नै थाहा छैन । कतिपय मानिसहरु दाँत ब्रश गर्नु भन्दा पहिले टूथब्रश गिलो पार्ने (भिजाउने) गर्दछन् भने कतिपय टूथपेस्ट राखिसकेपछि ब्रशलाई भिजाउने गर्दछन् । 

\"\"

सामाजिक सञ्जालमा यो विषयलाई लिएर बहश चलेको छ कि ब्रश कतिखेर भिजाइन्छ । यस बारेमा विशेषज्ञहरु के भन्छन् त ? 

दन्त विशेषज्ञ ल्यूक थोर्लेले मेट्रो यूकेसँग कुरा गर्दै टूथब्रशलाई कहिल्यै पनि भिजाउन नहुने बताएका छन् । उनका अनुसार, ब्रशलाई गिलो पार्र्दा भिजाउँदा) टुथपेस्टको असर कम हुने गर्दछ । 

\"\"

यही सम्बन्धमा दन्त विशेषज्ञ डाक्टर राहा सेपे भन्छन्, यदि तपाईंलाई ब्रश गिलो पार्न (भिजाउन) मनपर्छ भने हल्का मात्र भिजाउनुहोस् तर पूरै गिलो नपार्नुहोस् । उनका अनुसार, धेरै पातलो टूथपेस्टले ब्रशिंग दक्षता कम हुन्छ र यो दाँतको लागि पनि राम्रो कुरा होइन । 

कतिपय मानिसहरु ब्रश गरिसकेपछि राम्रोसँग कुल्ला गर्दैनन् । यदि मुखबाट राम्रोसँग टूथपेस्ट गएन भने यसले दाँतमा नोक्सान पुर्याउने काम गर्छ । दन्त विशेषज्ञ फेरि भन्छन्, ब्रश गरेपछि राम्रोसँग पानीले कुल्ला गर्नुपर्छ र टूथपेस्टको अवशेष मुखमा नरहोस् । 

\"\"

धेरै मानिसहरु टूथब्रशमा लागेको ब्याक्टेरिया निकाल्नको लागि ब्रश गिलो पार्ने (भिजाउने) गर्दछन् । तर यसको उत्तम विकल्प भनेको ब्रशमा कभर (खोल) राख्न सकिन्छ र कभर समयसमयमा बदल्नुपर्छ ।