गोलभेंडाले अनुहारमा चमक ल्याउनका साथसाथै घामबाट बचाउने एक शोधले पत्ता लगाएको छ । न्यूकेसल विश्वविद्यालयको एक समूहको अध्ययनले गोलभेंडामा छालालाई घामबाट रक्षा गर्ने तत्व रहेको पत्ता लगाएका छन् । गोलभेंडामा रहेको यस तत्वलाई लाइकोपीन भनिन्छ जसको कारणले गोलभेंडा रातो हुने गर्दछ ।
शोधकर्ताका अनुसार, यस तत्वले मानिसलाई जवान रहिरहन मद्दत गर्दछ । यो तत्व पाकेको गोलभेंडामा बढीमात्रामा पाइने गर्दछ । प्रोफेसर बिर्कले डेलीमेल पत्रिकामा बताएका छन्–‘गोलभेंडाले छालालाई घामबाट बचाएने र अनुहारको सुरक्ष्ाँ गर्ने काम गर्दछ ।’ त्यसका साथसाथै यसले शरीरमा प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउने काम गर्दछ । यसबाट अनुहार तथा शरीरको कोषहरूमा उर्जा उत्पन्न हुन्छ जसले व्यक्ति जवान रहन मद्दत गर्दछ ।



