🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भक्त बहादुर राना मगरलाई श्रदाञ्जली दिँदै अध्यक्ष दाहालले भने – उहाँ देशप्रति समर्पित हुनुहुन्थ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) भक्त बहादुर राना मगरसँग आफ्नो भावनात्मक र  अनुकरणीय सम्बन्ध भएको बताएका छन् ।

बुधबार कमरेड भक्त बहादुर राना मगरको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै  प्रचण्डले मगरको लगाव पार्टीमा सबैभन्दा बढि रहेको बताए ।

उनले भने, ‘भक्त बहादुर राना मगरसँग भावनात्मक, अनुकरणीय सम्बन्ध जोडिन पुग्यो , खासगरी मैले उहाँको पार्टीमा लगाव, पार्टीप्रतिको विश्वास र निष्ठा मैले अन्य कमरेडहरुबाट पनि सुनेको थिएँ ।’

साथै उनले राना मगर पार्टीप्रति, आन्दोलनप्रति र देशप्रति समर्पित रहने एक योद्धा भएको बताए । उनले मित्र्यु शैय्यामा हुँदा पनि आफ्नो निष्ठा र कर्तव्य नभुलेको उल्लेख गरे ।