🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फ्रान्समा डुंगा दु र्घटना हुँदा १० महिलासहित १२ जनाको मृ त्यु

काठमाडौं । फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा  १२ जनाको मृत्यु भएको छ । 

मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् । फ्रान्सको तट रक्षकका अनुसार, ५० भन्दा बढी मानिसलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको छ । 

दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डुङ्गा अत्यधिक भार भएका कारण दुर्घटनामा परेको बीबीसीले समाचार लेखेको छ । डुङ्गामा आठ जनाभन्दा कम मानिसहरूले मात्र लाइफ ज्याकेट लगाएका थिए ।

यस वर्षको इंग्लिस च्यानलमा भएको सबैभन्दा भयानक दुर्घटना हो । मंगलबारको घटनासम्म, २०२४ मा च्यानल पार गर्दा ३० जनाले ज्यान गुमाइसकेका थिए । जुन २०२१ पछि सबैभन्दा बढी हो । युएनको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, २०२१ मा ४५ जनाको मृत्यु भएको थियो ।

फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डर्मेनिनले फ्रान्सेली अधिकारीहरूले साना डुङ्गा प्रयोग रोकिएको बताएका छन् ।  तर, मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुङ्गामा ७० जना भन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।

इंग्लिश च्यानलमा साना डुङ्गामार्फत खतरनाक यात्रा गर्ने मानिसहरूको संख्या बढ्दै गएको छ । २०१८ देखि १३५,००० भन्दा बढी मानिसहरूले यस मार्गमार्फत यूकेमा प्रवेश गरेका छन् । यस वर्ष २१,००० भन्दा बढी मानिसहरूले च्यानल पार गरेको पनि बीबीसीले जनाएको छ ।