🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मधेस र मधेसीको हितका लागि अभियानका रुपमा काम गर्नुपर्छ : कार्यकारी अध्यक्ष झा

मोरङ, १५ भदौ : राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मधेस र मधेसी जनताको हितका लागि अभियानका रूपमा काम गर्नुपर्ने बताउनुभएको छ । 

मैथिली एसोसिएसन विराटनगरद्वारा आज यहाँ आयोजित मधेसी बुद्धिजीवी वैचारिक मन्थन कार्यक्रम ‘भविष्यक २५ वर्ष–मैथिलिक स्वर्णिम लक्ष्य’ विषयक गोष्ठीमा उहाँले विभिन्न राजनीतिक दलका नेतृत्वकर्ताहरूलाई मधेसको समग्र मुद्दाहरू सङ्कलन गरेर न्यूनतम कार्यक्रम बनाउन सुझाव दिनुभयो । अध्यक्ष झाले भन्नुभयो, “राजनीतिक दलमा मधेसी समुदायको शिक्षा, राजनीतिक चेतनास्तर वृद्धिका लागि आवश्यक नीति कार्यक्रम र बजेटको समुचित व्यवस्था हुनुपर्छ ।”

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता शिवकुमार मण्डलले मधेसका मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ राजनीतिक विश्लेषक सिके लालले मधेसको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक सन्दर्भमा चर्चा गर्नुभयो । 

गोष्ठीका वक्ताहरूले मधेसी बुद्धिजीवी एवं विभित्र दलमा आबद्ध मैथिली समुदायका नेताहरूले मधेसी समुदायलाई सामाजिक, राजनीतिक र सचेतनास्तर वृद्धि गर्न र एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    
कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रवीण झा, नेपाली कांग्रेसका पङ्कज वर्मा, नेकपा (एमाले)का रामलाल साह र स्वतन्त्र राजनीतिक कार्यकर्ता उमेश यादवले सामूहिक एकताबाट मधेसी समुदायले समृद्धिसँगै अधिकार र राजनीतिक नेतृत्व प्राप्त हुने धारणा राख्नुभयो ।
–––