🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपति जिते मुद्रास्फीति नियन्त्रण गर्दै देशलाई आर्थिक रूपमा सक्षम बनाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा मुद्रास्फीति नियन्त्रण गर्ने र देशलाई आर्थिक रूपमा सक्षम बनाउने घोषणा गरेका छन् ।

रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले पेन्सिल्भेनियामा एक सार्वजनिक ¥यालीलाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दाबी गरे ।

¥यालीमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी मुद्रास्फीतिलाई पराजित गर्नेछौं र अमेरिकालाई फेरि किफायती बनाउनेछौं । सँगै सिमाना सुरक्षित गर्न, अन्तहीन विदेशी युद्धहरू अन्त्य गर्न, र अमेरिकाका श्रमिक जनताको सुरक्षा गर्न प्रतिबद्ध हुनेछौं ।’

यसैगरी उनले सरकारी भ्रष्टाचारलाई पराजित गर्न, अभिव्यक्ति स्वतन्त्रता पुनस्र्थापित गर्न आफ्नो ध्यान केन्द्रित हुने पनि बताए ।

आफ्नो भावी नीतिहरूबारे बोल्दै ट्रम्पले आफूले देशलाई विश्वको प्रमुख ऊर्जा उत्पादन गर्ने देश बनाउने दिशामा काम गर्ने र जनताको घरायसी बिल ५० प्रतिशतले घटाउने ऊर्जाको लागत घटाउने बताए ।

यसैगरी उनले अमेरिकामा जन्मदर बढाउने कुरालाई प्रोत्साहन गर्ने पनि बताए । ट्रम्पले ग्रीन न्यू डिल खारेज गर्ने र ती कोषहरू अमेरिकाको पूर्वाधारमा प्रयोग गर्ने वाचा पनि गरे ।