🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यानका डिजी जोगाउन रास्वपा लागिपरेको छः सांसद बजगाईं

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का डिजी प्रदीप अधिकारीलाई जोगाउन रास्वपाले पहल गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले क्यानका डिजी रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको (रास्वपाको) मान्छे भएको र जोगाइदिन भन्दै सहमहामन्त्री आफूकहाँ आएको आरोप लगाएका हुन् ।

उनले भने, ‘क्यानको विषयमा यहाँ छलफल हुँदैछ । करिब १३ जना प्रतिपक्ष दलको सांसदले सार्वजनिक महत्व दर्ता गराउनुभएको छ । यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो र क्यानका डिजी जोगाउन भन्नुभयो । रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्यो भन्दै अचानक आउनुभयो ।’

साथै  उनले जनताको  भरोसा भनिएको नयाँ पार्टीले डबल स्ट्यान्डर्ड गर्छ भनेर  आंफूले कहिले नसोचेको बताए । उनले यो द्वैध चरित्रले देश कहाँ पुग्छ भनेर समेत प्रश्न गरे ।

उनले भने, ‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग यत्रो ठुलो आशा छ जनताको भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ ।’