🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन सांसदबाट पदाधिकारी चयन निर्वाचन वहिस्कार, एसमा फेरि चुलियाे असन्तुष्टि

  काठमाडाैं । एकीकृत समाजवादी (एस) पदाधिकारी चयनमा जस्तो प्रक्रिया  अपनाईयो, त्यसले थप असन्तुष्टि बढाएको छ । केही  चर्चित र संगठनमा पकड भएका नेताहरु पराजित भएर असन्तुुष्ट मात्र भएनन्, साे पार्टी छोड्नेसम्मको अवस्थामा पुगेकाे  संकेत पाइएकाे छ । केही  नेताहरुलाई रोजीरोजी हराएपछि त्यस्तो अवस्था आएको हो ।

सांसद मध्ये प्रेम आले केन्द्रीय सदस्य नभएका कारण उनी अनुुपस्थित थिए र किसान श्रेष्ठ र धनबहादुर बुढाको अनुपस्थिति भने आश्चर्यको रुपमा हेरिएको छ ।

    चर्चित नेतृ  उपाध्यक्षमा रामकुमारी झांक्री, सचिवका उम्मेदवार दीर्घ सोडारी, नरेश शाही, जीवनराम श्रेष्ठदेखि धनराज  आचार्यसम्म संगठकहरूलाई माधव नेपाल गुटले हराएपछि असन्तुष्टि बढेको हो ।

अध्यक्ष माधव नेपाल पक्षले उनीहरुलाई पराजित गर्न सूची नै बनाएर केन्द्रीय सदस्यलाई वितरण गरेकाे आराेप छ ।  महासचिव घनश्याम भुसालको समूहका नेताहरुलाई छानीछानी हराइएको चर्चा छ ।

 माधव नेपालले नचाहेको व्यक्तिमध्ये ५ जना उम्मेदवार निर्वाचित भएका छन् । धर्मनाथ साह, गरिमा शाह, बलदेव चौधरीलगायतका  नेताहरु माधव नेपालले हराउन चाहेर पनि नसकेका उम्मेदवार भएको एस स्रोतको दावी छ ।

  एसका तीन जना सांसदहरु नै मतदानमा देखिएनन् । त्यसलाई आश्चार्यको रुपमा हेरिएको छ । सांसद मध्ये प्रेम आले केन्द्रीय सदस्य नभएका कारण उनी अनुुपस्थित थिए र किसान श्रेष्ठ र धनबहादुर बुढाको अनुपस्थिति भने आश्चर्यको रुपमा हेरिएको छ । तर,  यही समूहका रहेका सांसदहरु भानुभक्त जोशी र शेरबहादुर कुँवरले पदाधिकारीमा निर्वाचित भएका छन् । त्यसले सांसदहरुको एउटा समूहलाई विभाजित गर्ने माधव नेपालको रणनीति रहेको बताइन्छ ।