🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व डीआईजीपी खरेलले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं, २ भदौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सामाजिक अभियन्ता रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

\"\"

पूर्व प्रहरी अधिकृत खरेलविरुद्ध २०८१ भदाै २ गते आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।

अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उजुरी दिएका हुन ।

खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी २० लाख रुपैयाँ रकम कमिसन लिएको कुरा एउटा टेलिभिजनमा अन्तर्वार्ताको क्रममा  बताएका थिए ।

वास्तविक  सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलको छ ।

२०७९ मंसिरकाे  निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फवाट बारा-२ मा प्रतिनिधिसभाको उम्मेदवारसमेत बनेका थिए । पछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएर हिडेका थिए ।