🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमबाप्पेको डेब्यु र गोलमा रियल म्याड्रिड सुपर कप च्याम्पियन

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । 

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला–लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको हो । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । 

रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे । एमबाप्पे यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा म्याड्रिडमा अनुबन्ध भएका थिए । 

वार्सा पोल्यान्डमा बिहीबार राति भएको खेलमा रियलले एटलान्टाविरुद्ध आफ्नो पहिलो रोजाइकै टोली उतारेको थियो । फेडे भाल्भर्डेले गोलको सुरुवात गरेको ९ मिनेटपछि डेब्यु खेल खेलिरहेका एमबाप्पेले गोल गर्दै रियललाई च्याम्पियन बनाए । त्यसपछि ५९औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए । 

६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । भिनिसियसले एक खेलाडीलाई बिट गर्दै जुड बेलिङहमबाट आएको पासमा पछिल्लो ग्यालेक्टिकोको लागि डेब्यु गरिरहेका एमबाप्पे चुकेनन् ।
एम्बाप्पे क्लबका लागि आफ्नो प्रतिस्पर्धात्मक डेब्युमा गोल गर्ने पहिलो म्याड्रिड खेलाडी हुन् । १२ महिनाअघि बेलिङहमले एथलेटिक बिल्बाओविरुद्धको खेलमा गोल गरेका थिए । त्यसअघि सन् २०१६ मा मार्को एसेन्सियोले सेभियाविरुद्ध सुपर कपमा गोल गरेका थिए । रियल म्याड्रिडको यो छैटौं सुपर कप उपाधि हो ।