🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालबालिकालाई राम्रो उपचार दिन सरकारी अस्पतालमा अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सिमित स्रोत र साधनभित्र रहेर अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् ।  

बुधबार कान्तिबाल अस्पतालको बाल मनोचिकित्सा र मानसिक स्वास्थ्य इकाईको निरीक्षण गर्दै उनले नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा बालकान्ति मात्र भएको भन्दै यसलाई प्रभावकारी बनाउने कुरामा सहकार्य गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘देशले अहिलेको भन्दा बढि सक्रियता खोजेको छ । सिमित स्रोत र साधनभित्र हामीले अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ । नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा यो अस्पताल मात्रै हो, त्यसकारण यसलाई प्रभावकारी बनाउने कुरामा हामीले सहकार्य गर्न आवश्यक छ ।’

यसको साथै, उनले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक रहेको भन्दै अनलाईनबाट सेवा दिने व्यवस्था भए सहज वातावरण सिर्जना हुने बताए ।

उनले भने, ‘हामीले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक छ । सरकारी अस्पतालहरुमा हुने भिड, लाइनलाई घटाउनको लागि हामीले भनेको अनलाईन प्रणालीबाट काम अगाडि बढाउनुपर्छ । अनलाईनबाट सेवा दिने व्यवस्था गर्ने हो भने पनि सहज वातावरण सिर्जना हुन्छ । समय तोकिएको टोकनको पनि व्यवस्था गर्न सकियो भने राम्रो हुन्छ ।’

बिमालाई व्यवस्थित गर्न सकेमात्र स्वास्थ्य सेवा सहज र सरल बन्न सक्ने भन्दै यसमा सबैको सहयोगको अपक्षा गरेको पनि उनको भनाई छ ।