🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजिक घृणा फैलाउने अभ्यास भएका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमनकालिन न्याय सम्बन्धी विधेयक संसदको आगामी अधिवेसनबाट पास गर्ने बताएका छन् । 

मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरुको  छलफल कार्यक्रममा उनले, टिआरसी विधेयक प्रतिनिधिसभामा पेस भएको र अब एक दुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आउने अधिवेशनबाट नै पास गर्ने बताए । 

उनले भने, ‘हामी टिआरसी सम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर प्रतिनिधिसभामा पेस भएको छ । त्यस सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो राय व्यक्त गर्ने शिलशिला चल्छ भोली त्यसपछि त्यो एक दुई दिनमा पास हुन्छ । र राष्ट्रिय सभामा जान्छ । र मैले हाम्रो कार्यदल बनाउँदा नै भनेको थिए । यही अधिवेशनबाट पास हुन्छ । यही अधिवेशनबाट हामी त्यसलाई पास गर्छौ ।’

उनले अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने जस्ता क्रियाकलापहरु भइरहेको बताए । असभ्यताको, असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने खालका अभ्यासहरु पनि भइरहेको उनको भनाइ छ ।

 
उनले भने, ‘अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने, घृणाको असभ्यताको असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने त्यसप्रकारका अभ्यासहरु भइरहेका छन् ।’