🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ललितपुरका प्रमुख महर्जन समिति सदस्यमा मनोनित

काठमाडौँ, २९ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्तर्गतको सङ्घ, प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित  गर्नुभएको छ । 

महर्जनलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) ‘ग’ बमोजिम विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ अन्तर्गत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानुन तर्जुमाका लागि तीन वटै तहसँग परामर्श र समन्वय गर्नेछ । ऐनले हालसम्म पूर्णता नपाएको र लामो समयदेखि बैठक बस्न सकेको छैन । महर्जनको मनोनयसँगै उक्त समितिको बैठक आगामी भदौ ६ गते बस्नेगरी तोकिएको छ ।

    
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका विषय सङ्घको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र यसैका लागि बैठकसमेत डाकिएको बताउनुभयो ।

मन्त्री अध्यक्ष रहने विषयगत समितिमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्रीहरु सदस्य रहने र अध्यक्षले स्थानीय तहबाट एक जना प्रमुख वा अध्यक्षलाई सदस्यमा मनोनित गर्ने सकिने व्यवस्था छ ।