🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बङ्गलादेशको दुई कारागारमा भएको झ डपमा १२ कैदीबन्दीको मृ त्यु

ढाका, २६ साउन (रासस / एएफपी) : पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ  भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।  

 
देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृंखला हो । आक्रोसित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताउनुभयो ।  

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए ।  कारागारमा आगो लगाएर भाग्ने  प्रयास गरेपछि भएको झडपमा  कैदीहरुको मृत्यु भएको फताहले बताउनुभएको छ । "कैदीहरुको अराजक गतिबिधिले हामी गोली चलाउन बाध्य भएका हौँ ", उहाँले भन्नुभयो ।  

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मङ्लबार कैदीहरु भाग्ने प्रयासका कारण  भएको झडपमा  अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताउनुभयो ।  

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताउनुभयो । झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उहाँले उल्लेख गर्नुभयो । 

हसिना सरकार विरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् ।  पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए ।

(तस्बिरमा बंगलादेशको ढाकामा प्रधानन्यायाधीश ओबैदुल हसन र अन्य वरिष्ठ न्यायाधीशहरूको राजीनामाको माग गर्न प्रदर्शनकारीहरू बाहिर जम्मा हुँदा सेनाका कर्मचारीहरूले अदालत परिसरको सुरक्षा गरिरहेका छन् । तस्बिर : एपी फोटो/राजीब धर)