🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त : शरदराज गौतम

संसदीय पद्धतिमा चमत्कारिक अंक भन्ने नै हुँदैन ।
संसदीय प्रणालीमा लतारिएर आएका प्रचण्डले बुझेनन् ।
जम्माजम्मी त्यत्ति हो ।
एउटा मनोलग सम्बादमा हुरीबेग बनाएर
जति नै ठुलो आकारको जनमतलाई मतिभ्रम पारे पनि ।
संसदसित जोड घटाउ मात्रै हुन्छ र हुन्छ धोखाधडी ।
त्यति बुझ्न भारतको बिहारको कुनै खुल्ला स्कुलमा पढे पुग्दथ्यो ।
वा होइन भने, ‘कट चाय’को दोेकानमा बसे पुग्दथ्यो ।
जनयुद्ध जस्तो भद्दा श्रृङ्गारमा आफूलाई कुरुप बनाउनै पर्दैन्थ्यो ।
प्रचण्ड भने जस्तो सोझो, सेन्टिमेन्टल वा कम्युनिष्ट क्यै होइनन् ।
केबल ‘डल्ले पहाडे’ हुन, जो अरुको लागि बहादुर मात्रै हुन सक्छन् ।
एक बटुको मात घुट्क्याएर खुकुरी उज्याउने निरीह बहादुर ।
कृपया, यसलाई बढाई चढाई नगरी भ्रमित न भए हुन्छ ।
असारसम्म बसेको प्रचण्डको सरकारविरुद्ध 
मुलुकका दुई रैथाने शक्तिको मिलनलाई 
जाँदा जाँदै प्रचण्डले ‘अनदेखा सचाई’ झुसिलो बोले ।
एमाले र काँग्रेसलाई मिलाउने माफियातिर उनले औंला सोझ्याए ।
नेपालमा पछिल्लो पटक देखिएका परिदृश्य हो ।
नेपालका पत्रकारहरुसित असाध्यै थोरै सूचना हुन्छ ।
र, त्यसै सूचनामा उसले शब्दको सञ्जाल निर्माण गर्नु पर्दछ ।
आजभोलि सरकारमा बस्नेहरुसित पनि त्यस्तै भएको छ ।
उ सित थोरै सूचना हुन्छ त्यो पनि लम्पट कर्मचारीले संकलन गरेको ।
र, त्यसैमाथि उभ्भिएर हात्ती चढेको छाप दिन पर्ने हुन्छ ।
सगोलको मनोविज्ञानमा हुन्छन्, पत्रकार र सरकार ।
ती चुबुर्को सूचनामा आफूलाई ज्ञानी र ज्ञाता बताई हिंड्छन् ।
तिनले नबुझेको कति मात्रै छ भने,
त्यो चुबुर्को सूचना तिनलाई खटाई खटाई दिएको मात्र हो ।
प्रचण्डले माफियाबारे मुलुकको ‘अनदेखा सचाई’ खोलेका नै होइनन् ।
उनी त्यसकै हिस्सा हुन, जस्तो पत्रकारिता हो ।
जसरी धेरैलाई लागेको थियो जनयुद्ध मुलुकको मौलिक उठान हो ।
माफियाहरु मानिसका भोक र लोभलाई ज्यादा चिन्दछन् ।
प्रचण्ड र उनका मण्डली तिनका आप्mनै भोक र लोभको पासोमा परेका मात्र हुन् ।
सत्ताच्युत गर्न माफियाले राजनैतिक शक्तिहरु मिलाएको देखे प्रचण्डले ।
विगत तीन दशक नै माफियाले उत्पादन र वितरण प्रणालीमाथि एकाधिकार गरेको देखेनन् ।
तिनको बैठिकी र भाञ्छासम्म पु¥याएको पहुँच देखेनन्, प्रचण्डले । 
तिनका ओछ्यानसम्म तहसनहस पारेको सूचना प्रणाली देख्न सकेनन् ।
मुलुकको माफिया चमत्कारिक आकारमा बढेको देखेनन् ।
मैले त्यसैले प्रचण्ड सोझो र बुद्धु दुबै नभएको भनेको ।
तिनी ‘भुच्चड पहडिया’ राजनीतिकर्मी हुन् ।
जो डोकोको नाम्लो थाप्लोमा थिचेर बहादुर कहलाउँछन् ।
एउटा अनाथ बच्चोसम्म पनि थाहा पाउंछ ।
मुलुकको यत्रो बिघ्नको सम्पति, यत्रो बिघ्नको बजेट
औला भाँचेर जोड घटाउ गर्दा पनि पत्तो लाग्छ ।
मुलुकमा कसको बिक्छ र कुन गीत चल्छ भनेर ।
एउटा राम्रो मास्टर पनि हुन नसक्नेहरु
जब स्कुल नै चलाएर जान्ने भएँ भन्छन् नि
ती हुने नै प्रचण्ड हो ।
मुलुकको आधीउँधी सम्पति अनौपचारिक शक्ति केन्द्रले बिनिर्माण गर्दा
तिनले खैंरात बाँडे भनेर रोइलो गर्नुको अर्थै छैन ।
जम्माजम्मी एउटा तथ्यांक शास्त्रीसित एउटा ट्यूसन लिए पुग्ने ।
मुलुकको धन यो तिस वर्षमा कहाँ खर्चिएछ ।
कसले मुलुकको सम्पत्ति निर्माण गरेछ ।
संसदीय पद्धतिमा अंकहरु चमत्कारि हुने होइन ।
जोड घटाउ गर्ने  सिप चमत्कारिक हुन्छन् ।
मधेशको पान पसल अघिल्तिर अलिकति एक्स्ट्रा पत्ति माग्नु होला ।
तपाईंले हाथमा पाउनु हुने  जुन थोक छ 
मुकुकको राजनीतिमा तपाईको हिस्सा त्यत्रि हो ।
‘एक्स्ट्रा माल’ । (साँघु साप्ताहिक, २०८१ साउन १४)