🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपेन्द्रलाई “केपी बा”ले देलान् टेको ?  

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी पनि भद्रगोल हुन थालेको छ । जसपाको महाधिवेशन टुंगिएको एक महिनाभन्दा धेरै समय हुँदा पनि पार्टी पदाधिकारी चयन हुन सकेको छैन । पार्टी विभाजनको मार खेपेका उपेन्द्रले पछिल्ला दिनमा एमाले अध्यक्ष केपी  ओली(केपी बा)सँग सम्बन्ध विस्तार गरेर अचेल पार्टी जोगाउने र सत्ताको सहयोग पनि लिन खोजेका छन् । 

 सत्ताको सहयोग लिन खोजेकै कारण पार्टी विभाजन पनि रोकाउन सकिने उपायको खोजी गर्न थालेका छन् ।  पछिल्ला दिनमा उपेन्द्र यादवले प्रधानमन्त्रीको बेलादेखि नै प्रचण्डसँग सम्बन्ध टाढा राखेर ओलीसँग सुधार  गरेका हुन् । पार्टी भद्रगोल भएका बेलामा किन यादवले ओलीको साथ लिन खोजेका छन् ? भन्ने चाहिं चर्चाको विषय बनेको छ । उपेन्द्र यादवबाट फुटेर अशोक राईले नयाँ पार्टी बनाएका छन् । उनीहरुको पार्टीलाई सर्वोच्च अदालतले वैधानिकता भने दिइसकेको छैन ।

अदालतको आदेशले उनीहरुको राजनीतिक भविष्य निर्धारण गर्नेछ । पार्टी नयाँ बनेको अवस्थामा उनीहरु एमालेमा मर्ज हुने अनुमान पनि भइरहेको छ । राईहरुको समूहमात्र  होइन् , जसपा नेपालका नेता राजकिशोर यादवको समूह पनि असन्तुष्ट रहेको छ । खासमा यादव नै पार्टी फुटाउन चाहन्थे तर राईले पत्तो दिएनन् भन्ने पनि चर्चाको विषय रहेको छ । पछिल्ला दिनमा पनि राजकिशोर यादव पार्टी फुटाउने सोचमा रहेको चर्चा छ । 

केही सांसदहरुलाई साथ लिएर उनले परिस्थिति बनाउन खोजेको र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निरन्तर छलफलमा रहेको पनि बताइन्छ । जसपाबाट विभाजित समूह र  असन्तुष्ट पक्ष पनि ओलीसँग छलफल र निकट भएर जान थालेपछि उपेन्द्र यादव आफै ओलीसँग निकट भएको चर्चा हुन थालेको छ । विगतमा ओलीसँग खासै सम्बन्ध नभएको र दूरी कायम राख्ने गरेका थिए । तर, विगत २÷३ महिना यता चाहिँ उपेन्द्रले ओलीसँग सम्बन्ध सुधार गरेर पार्टी बचाउने रणनीति लिएको पनि बताइन्छ । (साँघु साप्ताहिक, २०८१ साउन १४)