🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वाधार विकासका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्र ष्टाचारको मुद्दा दायर

काठमाडौं । सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा विगुगाउँपालिका–३ स्थित लाकुरीडाँडा–पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यालय चौतारासँग ठेक्का सम्झौता गरिएको थियो । योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सेवाग्राहीसँग पूर्वाधार विकास कार्यालय चौताराका सबइन्जिनियर थापाले कमिसनबापत ८० हजार रुपैयाँ मागेको उजुरी अख्तियारमा परेको थियो ।

थापाले उक्त रकम कार्यालयका सुपरभाइजर शिवाकोटी र शेर्पालाई लिन लगाएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धान हुँदा केही दिनअघि अख्तियारको टोलीले शिवाकोटी र शेर्पालाई ८० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।