🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले सोमबार अपरान् ६: ३० बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका हुन् ।

यस अघि आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाको बैठकमा राजीनामा दिएका थिए । केन्द्रमा कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सो अनुसार लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् ।