🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आप्रवासी महिलाद्वारा अमेरिकामाथि दबाब दिन  भोक हड्ताल

तिजुआना, मेक्सिको, १४ मङ्सिर (रासस/एएफपी):  दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् । 

“हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं । र हामी भोक हड्ताल गर्दैछौं,” होन्डुरसकी क्लाउडिया मिरान्डाले बताइन्  । तिजुआनमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी अधिकारीहरुले आप्रवासीको रुपमा अमेरिका प्रवेश गर्न र आवेदन समेत लिन अस्वीकार गरेकामा आक्रोश व्यक्त गरियो   । 

उत्तरी मेक्सिको शहर तिजुआनामा हाल ६ हजारभन्दा बढी मध्यअमेरिकीहरु अमेरिका प्रवेशको पर्खाईमा शिविरमा बसिरहेका छन् । खासगरी होन्डुरसका यी मानिसहरु आफ्नो देशमा व्याप्त गरिबी र हिंसाबाट आक्रान्त भएर देश छाड्न बाध्य भएको बताउँछन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी आप्रवास नीतिमै परिवर्तन गर्ने सोचाईमा छन्  । ट्रम्पले मध्यअमेरिकी आप्रवासीहरु आपराधिक पृष्ठभूमिका रहेकाले स्वीकार नगर्ने बताए । 

सीमाक्षेत्रमा हाल हजारौं सैनिक परिचालन गरिएको छ । भोक हड्तालमा उत्रने घोषणा गरेका महिलाहरुले मेक्सिकोमा बस्न चाहने आप्रवासीलाई मानवीय आधारमा भिसा दिन पनि मेक्सिकाली अधिकारीहरुसँग आग्रह गरेका छन् । उनीहरुले आफ्नो भोक हड्ताल कति दिन गर्ने भन्ने बारेमा अझै निर्णय गरेका छैनन् । 

अमेरिकाको दक्षिणी सीमासम्म आइपुग्न करीब चार हजार किलोमिटर यात्रा गरेका होन्डुरसका करीब ५०० आप्रवासीले गत आइतबार अमेरिकी सीमाभित्र प्रवेश गर्ने प्रयत्न गरेका थिए । तर उनीहरुलाई अमेरिकी सीमा सुरक्षा फौजले फिर्ता पठाएको थियो । सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो । 
––