🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नैरोबीमा फोहर विसर्जन स्थलबाट आठ महिलाको श व फेला : प्रहरी

नैरोबी, ३० असार (रासस/एएफपी) : नैरोबीको एउटा बस्तीमा रहेको फोहर विसर्जन स्थलबाट हालसम्म आठजना महिलाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले आइतबार बताएका छन् ।

“उनीहरूलाई विभिन्न अवस्थामा गम्भीररूपमा कुहिएको र बोराहरूमा छोडिएको थियो”, डगलस कान्जाले पत्रकार सम्मेलनमा भन्नुभयो । फेला परेका शवका बारेमा अनुसन्धान जारी छ ।

पहिलो छ शव शुक्रबार र शनिबार थप दुई महिलाको शव फेला परेको कान्जाले बताउनुभयो । “म जनतालाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, पूर्ण र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो ।

गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएपछि सार्वजनिक आक्रोशका कारण राष्ट्रिय प्रहरी प्रमुख जाफेट कुमेले राजीनामा दिएपछि कान्जाले यस हप्ता मात्र आफ्नो पद ग्रहण गर्नुभएको थियो ।