🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकार संविधानकै धाराबाट बन्छ, ‘ बालाजुको बाइसे धारा’बाट बन्ने होइनः सांसद रिजाल

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् ।  असार २५ गते मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा रिजालले भने त्यो माओवादीको विषय नभएको बताएका हुन् ।

  मंगलबारकै बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि त्यही दाबीलाई जवाफ दिँदै उनले भने ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’

सांसद रिजालले सरकार संविधानकै धारा अन्तर्गत बन्ने भन्दै बालाजुको बाईसे धाराबाट सरकार नबन्ने प्रष्ट पारे । २०८१ असार १७ गते मध्यरातमा नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् ।  

एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएपछि हरेक दिन चल्ने प्रतिनिधिसभा बैठकमा एमाले र माओवादीका सांसदहरुबीच सवाल–जवाफ चलिरहेको छ ।