🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ को समापन 

काठमाण्डौ । नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ को ०७५ मंसिर १२ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच समापन गरेका छन् । 

 जङ्गी अड्डास्थित खेल मैदानमा त्रिभुवन आर्मी क्लब र ए.प़ी.एफ. क्लब बीच भएको फाइनल खेलमा १/१ गोलको बराबरीमा खेलको समय सकिएको हुँदा थप २० मिनेटमा समेत गोल हुन नसकेपछि पेनाल्टि सुटआउटमा  ए.प़ी.एफ.  क्लबले २ को विरुद्ध ४ गोल हानी विजयी भएको   थियो  ।

 २०७० सालबाट शुरु भएको यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल नेपाल प्रहरी र प्रदेश नं. २ का टिमलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक  शैलेन्द्र खनालले नगद  रु. ५०,०००र५०,००० पुरस्कार वितरण गरेका थिए  । यसै गरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई बलाधिकृत रथी  हेमन्त राज कुंवरले पुरस्कार वितरण गरेका थिए   ।

राष्ट्रिय खेलकूद परिषदका उपाध्यक्ष  पिताम्बर तिमिल्सिनाले खेल संचालनमा सहयोग गर्नु हुने रेफ्रि तथा अफिसियलहरुका साथै यस खेलमा द्वितिय हुने त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई मेडल र नगद रु। १,५०,०००(एक लाख पचास हजार) पुरस्कार वितरण गरेका थिए  ।

प्रधानसेनापति महारथी थापाले यस खेलमा प्रथम हुने  ए.प़ी.एफ.  क्लबका खेलाडीहरुलाई मेडल, ट्रफि र पुस्कार नगद रु। ३,००,०००(तीन लाख) प्रदान गर्नुका साथै सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी पुनम जर्गा मगरलाई यामाहा कम्पनिले सहयोग गरेको स्कुटर प्रदान गरेका थिए  ।  

विभागीय टिमहरुलगायत प्रथम पटक ७ प्रदेशका महिला फुटबल टिमहरु र मित्रराष्ट्र भारतको महिला फुटबल टिम २ गरी जम्मा १२ टिमको सहभागिता रहेको फाइनल खेलमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, युवा तथा खेलकुल मन्त्रालयका सचिव, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, अखिल नेपाल फुटबलसंघका पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिति  रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ।