🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना, क्यानडा, उरुग्वे र कोलम्बिया सेमिफाइनलमा पुगेका छन् ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने क्यानडाले भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै कोलोम्बियाले पानामालाई क्वाटरफाइनलमा ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलोम्बिया खेल्दै छन् ।

पहिलो सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच बुधबार बिहान हुदै छ भने दोस्रो सेमिफाइनल खेल विहिबार बिहान उरुग्वे र कोलोम्बियाबीच हुदै छ ।