🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिकोणात्मक टी–२० आई सिरिज : उपाधिकालागि नेपाल र यूएईबिच आज प्रतिस्पर्धा हुने 

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र यूएईबिच आज फाइनल प्रतिस्पर्धा हुँदैछ । 

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । हङकङसमेत सहभागी सिरिजमा नेपाल र यूएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिकालागि भिड्न लागेका हुन् ।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि भएका ४ खेल मध्ये नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो । यूएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा यूएई दोस्रो भएर फाइनलमा पुगेको हो । 

टी–२० आईमा नेपाल र यूएईबीच हालसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएईले तीन वटा खेल जितेको छ ।  नेपाली टोलीका लागि चिरपरिचित प्रतिस्पर्धी मानिने टोली यूएईसँग आज हुने खेल रोचक हुने मानिएको छ ।