🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिला क्रिकेट प्रतियोगिता : मोरङ र झापा विजयी

मोरङ, २२ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा फागुन २१ गतेदेखि विराटनगरमा प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट–२०२२’ प्रतियोगिता सञ्चालन भएको छ ।

 
    नेपाल क्रिकेट फाउण्डेशन र मोरङ क्रिकेट सङ्घद्वारा संयुक्तरूपमा विराटनगरको वैजनाथपुर क्रिकेट खेलमैदानमा फागुन २१ गते  भएको उद्घाटन खेलमा मोरङ र झापा जिल्ला क्रिकेट टोली विजयी भएका छन् ।

पहिलो खेलमा मोरङले मधेश प्रदेशको सप्तरीलाई १५१ रनको अन्तरले पराजित गरेको छ । मोरङले निर्धारित २० ओभरको खेलमा एक विकेट गुमाइ १९४ रन बनाएको थियो भने सप्तरीले १४ दशमलव एक बलमा ४३ रनमा अलआउट भएको छ ।

    यसैगरी दोस्रो खेलमा नेपाली अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित झापाले सुनसरीलाई ९१ रनको अन्तरले पराजित गरेको छ । झापाले निर्धारित २० ओभरमा तीन विकेट गुमाइ १४० रन बनाएको थियो भने सुनसरीले १८ दशमलव दुई बलमा सबै विकेट गुमाइ ४९ रनमात्र बनाएको थियो ।

आज फागुन २२ गते आइतबारको पहिलो खेल सप्तरी र सुनसरी तथा दोस्रो खेल झापा र मोरङबीच हुने फाउण्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतियोगिता यही फागुन २४ गतेसम्म सञ्चालन हुने छ । प्रदेश नं १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशबाट सप्तरी जिल्ला गरी चार समूहले प्रतियोगितामा भाग लिएका छन् ।

लिगको आधारमा खेलाइएको प्रतियोगितामा टप दुई टिमले फाइनलमा पुग्ने छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब रु पाँच लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

एकल महिला र ज्येष्ठ नागरिकलाई सम्मान

    एकल महिला, ज्येष्ठ नागरिक, अशक्त र असहाय परिवारलाई फागुन २१ गते यहाँ सम्मान गरिएको छ । हलेसी महिला सशक्तिकरण सेवा केन्द्र विराटनगर–८ ले उनीहरूलाई सम्मान गर्दै आवश्यक लत्ताकपडा वितरण गरेको छ ।

    विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले सम्मान एवं साडीलगायतका आवश्यक विभिन्न प्रकारका कपडा वितरण गर्नुहुँदै आफ्नो अधिकारका लागि स्थानीय तहलगायत दलको नेतृत्व तहमा महिलाको सहभागिता वृद्धि हुनु आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा ५० जनाभन्दा बढी महिला तथा अशक्त, असाहय र विपन्न परिवारलाई आवश्यक समाग्री वितरण गरिएको संस्थाका अध्यक्ष सीता मिश्राले बताउनुभयो । संस्थाले कोभिडका समयमा आवश्यक स्वास्थ्य सुरक्षाका लागि मास्क तथा चिसोमा न्यायो कपडा वितरण गरिसकेको छ ।

(रासस)
–––