🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता : आज चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२०  प्रतियोगिता आजदेखि सुरू हुँदैछ । 

प्रतियोगिताको पहिलो दिन आज चार खेल हुने भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्दैछन् । खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

त्यस्तै, साढे ९ बजे नै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दैछन् । खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबीच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन् । 

पुस ६ गते बिहीबारबाट सुरु हुने प्रतियोगिता पहिलो पटक क्यानले राउण्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो । आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबीच ३१ डिसेम्बर अर्थात पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबीच इलिमिनेटर हुनेछ ।