🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा रु एकलाख बढीको भारतीय कुखुराको चल्ला बरामद

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कबीर चौक स्थित तस्करले भारतीय बजारबाट लुकाइ छिपाइ ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० वटा कुखुराको चल्ला बरामद गरेको हो ।

बरामद चल्लालाई जिल्ला कुखुरा ब्यवसायी किसान संघको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । सशस्त्र प्रहरीको टोलीलाई हेरेर कुखुरा तस्कर फरार भएपनि उनीहरूले प्रयोग गरेको विआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकल लगायत साइकलहरु बरामद गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन ।

बरामद सवारीसाधन आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जारी गरेको जानकारी दिएको छ ।