🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने

काठमाडौँ । इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो । राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

तेहरान टाइम्सका अनुसार मसुद पेजेस्कियानले कुल ४२.४३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् ।  त्यस्तै मोहमद बाकेर क्वालिबाफले १३.७७ प्रतिशत मत प्राप्त गरेका छन् भने मोस्ताफा पोउरमोमदीले ८. ३९ प्रतिशत मत प्राप्त गरेका थिए । 

इरानी कानुन अनुसार कुनै पनि उम्मेदवारले चुनावमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेन भने दोस्रो चरणको निर्वाचन जून व्यवस्था छ । अब सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार पेजेस्कियान र जलीलीबीच प्रतिस्पर्धा हुने भएको छ । 

मे महिनामा इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार मतदान भएको थियो ।

तर, निर्वाचनमा करिब ४५–५३ प्रतिशत मतदान भएकाले निर्वाचनप्रति जनतामा खासै उत्साह देखिएको थिएन । यो इब्राहिम रायसी राष्ट्रपति निर्वाचित हुँदा अघिल्लो चुनावमा ४८.८ प्रतिशतको तुलनामा चार दशकमा इरानको राष्ट्रपति चुनावमा सबैभन्दा कम मतदान थियो । मार्च र मेमा भएको संसदीय निर्वाचनमा पनि ४१ प्रतिशत मात्रै मतदान भएको थियो ।