डोटी, १५ असार : सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पु¥याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सायल –४ डौडमा आज भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–––



