🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश 

काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो ।

समूह डीमा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो । एरिजोनामा भएको खेलमा कोलम्बियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।  

५९ औं मिनेटमा जोन एरियासले दिएको पासमा डेविसन सान्चेजले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा जेम्स रोड्रिगेजले दिएको थ्रो बलमा जोन कोर्डोबाले राइटफुटेड सट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । ३–० को सहज अवस्थालाई अन्तिमसम्म कायम राख्दै कोलम्बियाले महत्वपूर्ण ३ अंक लिन सफल भयो । सोही जितसँगै कोलम्बिया एक खेल अगावै कोपाको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यही समूहमा रहेका पाराग्वे र ब्राजिलबीच आजै प्रतिस्पर्धा हुँदै छ । क्वाटरफाइनल पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे आमने सामने हुने छन् ।