🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भिरबाट खसेर महिलाको मृत्यु

बाजुरा, ९ मङ्सिर (रासस) : जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए  । 

गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृतक गुरुङको शव साँफेमार्तडीको पिच सडकमा आज बिहान ४ः४५ बजेतिर स्थानीयवासीले फेला पारेको बताइएको छ । मृतकको शवपरीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले बताए  । 
–––