🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इरानका पूर्व राष्ट्रपतिलाई उम्मेदवार बन्न दिइएन, ६ जना अनुमोदित

काठमाडौँ । इरानमा राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार तय गरिएको छ । मिडिया रिपोर्टका अनुसार जुन २८ मा हुने निर्वाचनका लागि संसदका सभामुखसहित ६ जनाको नाम अनुमोदन भएको छ ।

समाचार अनुसार पूर्व राष्ट्रपति अहमदिनेजाद इरानमा राष्ट्रपति चुनावको उम्मेदवार बन्न असफल भएका छन् । उनले राष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता गराए पनि उनको नाम अनुमोदन नभएको बताइएको छ । राष्ट्रपति इब्राहिम रायसीको गत मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि जुन २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

कट्टरपन्थी नेताको छवि भएका पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद भावी राष्ट्रप्रमुख बन्ने दौडमा सबैभन्दा बढी चर्चा रहेको थियो । तर, उम्मेदवारी नै अनुमोदन नभएपछि अब त्यो सम्भावना सकिएको छ । अहमदिनेजाद सन् २००५ मा इरानको राष्ट्रपति निर्वाचित भएपछि लगातार आठ वर्ष (दुई कार्यकाल) अर्थात सन् २०१३ सम्म इरानको राष्ट्रपति रहेका थिए ।

इरानको राष्ट्रपतिको रूपमा आफ्नो कार्यकालमा अहमदिनेजादले अयातोल्लाह अल खोमेनीलाई चुनौती दिएका थिए । यही कारणले उनलाई करिब तीन वर्षअघि राष्ट्रपतिको चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो । २०२१ मा, अहमदिनेजादलाई इरानको संवैधानिक पर्यवेक्षक, गार्जियन काउन्सिलले अयोग्य घोषित गरेको थियो । 

अहमदिनेजादलाई इजरायलका कट्टर विरोधी पनि मानिन्छ र उनले इजरायललाई विश्वको नक्साबाट मेटाउने कुरा गरेका थिए । रिपोर्टका अनुसार अहमदिनेजादको छवि र उनको समर्थन आधारलाई ध्यानमा राख्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अल खोमेनीमाथि पनि दबाब रहेको बताइएको छ । 

राष्ट्रपतिको उम्मेदवारमा तेहरानका पूर्व मेयर मोहमद बाघर क्वालीबाफ, पूर्ब सिनियर न्युकिलियर नेगोसियटर सईद जलिली, तेहरानका मेयर अलि रेजा जकानी, पूर्व मन्त्री मोस्ताफा पोउरमोहमदी,  उप राष्ट्रपति अमिरहोसेन घाजीजाडेह हाशेमी र मासुउदी पेजेशाकियान रहेका छन् ।