🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमार, ३१ साउन : सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।

७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ ।

आङ सान सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ ।

एजेन्सी