🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश सरकारले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : मुख्यमन्त्री कार्की

धरान (सुनसरी) २७ जेठ : कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभएको छ । 

आज इटहरीमा आयोजित जेसिसको साताव्यापी कार्यक्रमको समापनका अवसरमा उहाँले प्राकृतिक विविधताको धनी मुलुकमा मुलुकले पर्यटनमा लगानी गरेर तत्काल मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासले खाद्यान्नमा आत्मनिर्भर बनाउँछ भने पर्यटन क्षेत्रको विकासले समग्र मुलुकको विकासमा सहयोग गर्छ ।”

प्रदेश सरकारले एक दशकमा एक हजार पाँच सय किलोमिटर बाटो, ९० वटा झोलुङ्गे पुल र एक सयभन्दा बढी पक्की पुल निर्माण गरेको बताउनुभयो । सो अवसरमा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल र व्यवसायी भोलेश्वर दुलालले भोलिको असल नेतृत्वकर्ता शीर्षकमाथि विचार प्रकट गर्नुभयो ।