🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राज्यबाट उपेक्षित गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस सम्पन्न

देवघाट । देवघाट गाउँपालिका-५ मा रहेको गलेश्वर आश्रमको ९९औं वार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) को ४९औं स्मृति दिवसको अवसरमा २०८१ जेठ २६ गते शनिबार आश्रम परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएकाे थियाे ।

\"\"
आश्रमका पीठाधीश अनन्त विभूषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती तथा महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीजी महाराजले देवघाटको महिमाको चर्चा गर्दै गुरुकूल र आश्रमहरुको थलोको रुपमा रहेको देवघाटलाई राज्यले उपेक्षा गरेको बताए । देवघाटको ठुलो महिमा भएको हुँदा यसलाई राज्यले चिन्नुपर्ने सन्तहरुको भनाई रहेकाे थियो ।

\"\"
गलेश्वर आश्रमका पीठाधीश अनन्त  विभूषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले देवघाटमा आउने भक्तजनहरुले मन्दिरको अभाव महसुस गरेपछि दान र चन्दा उठाएर आश्रम परिसरमा सिद्धेश्वर महादेवको मन्दिर निर्माण गरिएको बताए । उक्त मन्दिर पशुपति नाथको मन्दिर भन्दा ठुलो भएको भन्दै मन्दिर बनाउन राज्यको एक रुपैयाँ पनि लगानी नभएको बताए ।


सो कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी जनादर्न गौतम र चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले देवघाटका मठ मन्दिर आश्रमलाई स्थानीय प्रशासनको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता जनाएका थिए । सो अवसर बृहत् धार्मिक अनुष्ठान, स्मृति सभा तथा विशाल भन्डारा तथा लियो क्लव देवघाटको संयोजनमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
 

  तपस्वी अष्टाङ्ग योगसिद्ध योगिराज  ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि.सं.१९८२ सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी उक्त गलेश्वर आश्रमको स्थापना गरेका थिए । वि.सं.२०३२ साल जेष्ठ शुक्ल द्वितीयाका दिन गलेश्वर बाबा ब्रह्मलीन भएका थिए ।

 
गलेश्वर बाबाले संस्कृतिको आधारशिला संस्कृत वाङ्मय हो भन्ने मर्मलाई हृदयङ्गम गरी वैदिक सनातन धर्मबाट समस्त मानवजातिको कल्याण होस् भन्ने उद्देश्य राखी वि.सं. २०२३ साल पौष २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) का दिन गलेश्वर आश्रम परिसरमा  वेदवेदाङ्ग विद्यालयको नामबाट गुरुकुलीय शिक्षापद्धति अनुसार संस्कृत पाठशालाको पनि स्थापना गरेका थिए । उक्त कार्यक्रम वेदवेदाङ्ग संस्कृत विद्यापीठका सहायक प्राचार्य जगदीश प्याकुरेलले सन्चालन गरेका थिए ।