🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौँ । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् ।

आज पहिलो खेल समूह 'सी' अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदै छ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै आज दोस्रो खेल समूह 'बी' अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै आज तेस्रो खेल समूह 'डी' अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुनेछ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि सुरु हुनेछ ।